सरकारका विषयमा कांग्रेसले अब मुख खोल्नु पर्छ : बालकृष्ण खाँण

बुटवल : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रमुख सचेतक बालकृष्ण खाणले देश राजनीतिकरुपमा अनिर्णयको बन्दी बनेका बेला कांग्रेस पार्टी मौन बस्न नहुने बताएका छन् । बुटवलमा आयोजित र अन्तरक्रियामा बोल्दै नेता खाँणले लोकतान्त्रिक शक्ति धेरै समय चुप लागेर बस्न नहुने बताए ।उनले देशलाई निकास दिन कांग्रेसले ठोस निर्णय गर्नुपर्ने बताउँदै कांग्रेस जनताको भावना विपरित नजाने बताए ।
खाँणले असंबैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीलाई एक मिनेट पनि सत्तामा रहने नैतिक अधिकार नभएको बताउँदै संविधानमाथि नै प्रहार गर्ने पक्षसँग सहकार्य हुन नसक्नेसमेत बताए । ‘संविधान नमान्नेलाई प्रधानमन्त्री बन्ने हक छैन' उनले भने ।
उनले जनताको अधिकार र संविधान रक्षा सरकारको पहिलो दायित्वबाट सरकार चुकेको बताए । राणा तथा प्राचीन कालका शासकले पनि जनताको जीवन रक्षाका लागि जिम्मेवार हुने गरेको तर लोकतान्त्रिक प्रणालीमा पनि वर्तमान सरकार जनता र संविधानप्रती उत्तरदायी नरहेको आरोप लगाए । राजनीतिक गतिरोध अन्त्यका लागि संविधान र लोकतन्त्रको रक्षा गर्ने दलसँग सहकार्य गर्ने खाणको भनाइ छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया