शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

अर्घाखाँचीमा चुनाव अवधिभर मदिरा प्रयाेगमा राेक

अर्घाखाँची - स्थानीय निर्वाचन अवधिभर अर्घाखाँचीमा मदिरा प्रयोगमा रोक लगाइएको छ । निर्वाचन अवधिमा २५ वैशाखदेखि २ जेठसम्म ९ दिन मदिरा प्रयोगमा निषेध  गरिएको हो ।

निर्वाचनलाई भयरहित र शान्तिपुर्ण बनाउनका लागि निर्वाचन अवधिभर मदिरा प्रयोगमा कडाई गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नुमलाल पन्थीले जानकारी दिए । 

सदरमुकाम सन्धिखर्कमा बसेको सर्वपक्षीय वैठकले निर्वाचन अवघिभर मदिरा प्रयोगमा कडाई गर्ने निर्णय गरेको हो ।