सलमानको ‘भारत’ पछि ‘राधे’ पनि दक्षिण कोरियन फिल्मको नक्कल ?

मुम्बई : सलमान खानको ‘राधे’लाई धेरैले संकटमोचकको रुपमा हेरिरहेका छन् । कोरोनाको महामारीका कारण वर्ष दिनदेखि बन्द रहेका हलका ढोका खुलेका छन् तर तिनमा दर्शक पसिरहेका छैनन् । अक्षयकुमारको ‘सूर्यवंशी’ र सलमानको ‘राधे’ सारा बलिउडको नजर छ ।
यो फिल्म इदको अवसर पारेर मे १३ मा रिलिज हुँदैछ । यो फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा यो फिल्म दक्षिण कोरियन सिरिज ‘स्यान्डग्लास’बाट प्रभावित भएको रहस्य बाहिरिएको छ । तर, सन् २०१९ मा यो फिल्मको घोषणा हुँदा भने यो दक्षिण कोरियन फिल्म ‘आउटलज’बाट प्रभावित भएको बताइएको थियो ।
तीन साथीको वरीपरी घुम्ने ‘स्यान्डग्लास’मा वकिल, ग्याङस्टर र सुन्दर युवतीबीचको विषादपूर्ण सम्बन्धको कथा प्रस्तुत गरिएको थियो । २४ भागमा प्रस्तुत गरिएको यही कथालाई निर्देशक प्रभु देवाले फिल्मका लागि तयार पारेको कोइमोईले लेखेको छ । फिल्ममा रणदीप हुडा र दिशा पटानी पनि मुख्य भूमिकामा छन् ।
सलमानले यसअघि दक्षिण कोरियन फिल्म ‘ओड टु माई’को रिमेक गरेर ‘भारत’ बनाएका थिए । तर, यो फिल्म खासै रुचाइएको थिएन ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया