सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत आचार संहिता उल्लङ्घन गरे हुलाकमा उजुरी

खोटाङ – खोटाङमा निर्वाचन प्रचार–प्रसारका क्रममा राजनीतिक दलले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत आचार संहिता उल्लङ्घन गरेको विषयमा जिल्ला हुलाक कार्यालयमा उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ ।
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दल, दलका उम्मेदवार तथा अन्य उम्मेदवारले आम सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत गरेका प्रचार–प्रसार तथा प्रचार सामग्रीका बारेमा निर्वाचन आचार संहिता उल्लङ्घन गरेको पाइएमा जिल्ला हुलाक कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरिएको हो ।
निर्वाचन आचारसंहिता, २०७८, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ बमोजिम निर्वाचन आचार संहिता उल्लङ्घन भएको पाइएमा हुलाक कार्यालयमा उजुरी दिन सकिने जनाइएको छ । आचार संहिता उल्लङ्घन सम्बन्धी उजुरी पोष्टअफिस खोटाङ एटदरेट जिमेल डटकममा पठाउन सकिने जिल्ला हुलाक कार्यालयले जनाएको छ ।

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

प्रतिक्रिया