प्रदेश-१ मा मन्त्रिपरिषद् विस्तार, अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई मन्त्री उपहार

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले मन्त्रिपरिषद् विस्तार गरेका छन् । टंक आङबोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने उषाकला राईलाई सामाजिक विकास मन्त्री भएकी छन् । आङबोहाङ माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका गरेका थिए भने राई माधवकुमार नेपाल समूह छाडेर ओलीतिर लागेकी प्रदेशसभा सदस्य हुन् । उनले साविक नेकपा हुँदा मुख्यमन्त्रीविरुद्धको अविस्वासको प्रस्तावमा समेत हस्ताक्षर गरेकी थिइन् ।
यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानालाई मन्त्री बनाइएको छ । यस्तै भौतिक पूर्वाधार राज्यमन्त्री अनिलबाबु गुरुङलाई पनि मन्त्रीको जिम्मेवारी दिइएको छ । उनी मुख्यमन्त्री राइका विश्वास पात्र मानिन्छन् ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर नाम फिर्ता लिएकी उदयपुरकी सांसद कला घलेलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । घलेलाई कृषि तथा र मोरङका राजकुमार ओझालाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो । नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण समेत गरेका छन् । प्रदेश १ प्रमुख सोमनाथ अधिकारीले मन्त्री तथा मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीहरूलाई सपथ गराएका हुन् ।

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_YKXxocpALT_pzdm5krxehkin5tm8a3slzdsvft0ze41va9lhgdt6pjftrncanknx7pytmdd.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया