भरतपुरमा रेनु दाहाललाई भोट मागेपछि सन्दिप क्षेत्रीलाई गाली

काठमाडौँ - ५ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी रेनु दाहाललाई जिताउन प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री सबै कम्मर कसेर लागेका छन् । बिहीबार रेनुकै विजय सुनिश्चित गर्न प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रचण्डसम्मले रेनुलाई भोट नदिए देश नै संकटमा पर्ने चेतावनी दिए । उनीहरुले दिएको धम्किको चर्चा बेग्लै छ तर यही मञ्चबाट कमेडियन सन्दिप क्षेत्रीले पनि रेनु दाहालको पक्षमा भोट मागेपछि सन्दिप क्षेत्री भने शुभचिन्तकको निसानामा परेका छन् ।
दिग्गज नेतासँगै मञ्चमा बसेका सन्दिप क्षेत्रीले आफू कुनै पार्टीको झण्डामा नरहेको भन्दै रेनुको विकास देखेर भोट माग्न आएको बताएका थिए । नेताभन्दा चर्को स्वरमा भाषण गरेका उनले सकी नसकी तिहारका कुरादेखि लिएर आमाले पनि आफूलाई रेनुका लागि भोट माग्न स्वीकृति दिएको बताएका थिए । सन्दिपको यो भाषण सामाजिक सञ्जालमा भाइरल बन्यो । कला क्षेत्रकै कतिले सन्दिपको भाषणलाई नरुचाएर फेसबुकमा सुझाव दिइरहेका छन् । कतिले भने सन्दिपलाई कसले किनेर त्यहाँसम्म पुर्यायो भनेर पनि प्रश्न गरिरहेका छन् ।
सन्दिप त्यहाँ पुग्नुलाई धेरैले संयोग मानेका छैनन् । केही समयपहिले सन्दिपलाई प्रचण्डकै घरमा देखिएको थियो । तर रेनुसँग नजिक बनाउन भने चितवनमा निरन्तर कार्यक्रम गरिरहने गृहेन्द्र घिमिरेको हात रहेको धेरैको अनुमान छ । सात प्रदेशमा कलाकार लिएर हिँड्ने गृहन्द्रले सप्तरंग नामको कार्यक्रम वर्षमा एक चोटि आयोजना गर्छन् र केही समय पहिले उनकै प्रयत्नमा सेलिब्रेटी र क्रिकेटरबीच चितवनको रंगशालामा क्रिकेट खेलको आयोजना गरिएको थियो । यिनै गृहेन्द्रसँग नजिक रहेका सन्दिप उनकै संगतमा मञ्चसम्म पुगेको धेरैको अनुमान छ ।
स्थानीय निकायको चुनावको सरगर्मी सुरु भएसँगै कलाकार राजनीतिमा सल्बलाउन थालेका थिए । करिष्मा मानन्धर एमाले प्रवेश गरिन् भने भर्खरै मात्र भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश गरे । तर कोमल वलीबाहेक आजसम्म कसैले पनि पार्टीबाट खास लाभ लिन पाएका छैनन् । बरु उल्टै प्रयोग भएको महसुस भएर थकथकी मानेर बसेका छन् । यस्तोमा सन्दिप क्षेत्री पनि खुलेर अगाडि आएपछि धेरैले उनको कलाकारिताको चिन्ता गर्दै अहिले नै कुनै पार्टीको फेर नसमातेको भए हुने भन्ने टिप्पणी गरिरहेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया