शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

बर्दियामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता

फाइल फोटो

बर्दिया - बर्दियाको गेरुवा कर्णाली नदीस्थित कोठियाघाटमा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् । 

मधुवन नगरपालिका–३ धनौरा निवासी २४ वर्षीय दिलीप थारु पौडी खेल्ने क्रममा आज डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । 

उनको खोजी भइरहेको नायब उपरीक्षक सापकोटाले बताए । रासस