सनराइज बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकार पोखरामा विशेष छुट

काठमाडौं– आन्तरिक र बाहिरी पर्यटकका लागि पोखरा लेकसाइड सेदी देखि सराङकोटसम्म अन्नपूर्ण केबलकार शुरु भएको परिप्रेक्षमा सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।
बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै केबलकार सुविधा प्रयोग गरे बापत छुट पाउने बारेमा सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
सम्झौता पश्चात बैंकका ग्राहकहरुले पोखरा स्थित अन्नपूर्ण केबल कारको टिकट खरिद गर्दा सनराइज बैंकको क्रेडिट वा डेबिड कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको विशेष छुट पाउन सक्ने बैंकले जनाएको छ ।
बैंकले ‘स्मार्ट बनौँ, डिजिटल बैंकिङ्ग गरौ’ अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षा अनुरुप नबिनतम् सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य: उर्जा मन्त्री खडका

प्रतिक्रिया