चौधरी ग्रुपले ल्यायो ‘माइडिया’

काठमाडौँ – चौधरी ग्रुपले विश्व प्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड ‘माइडिया’ नेपाली बजारमा ल्याएको छ । माइडिया कम्पनीले चौधरी ग्रुपलाई नेपाली बजारका लागि आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरेको हो ।
चौधरी ग्रुपका अनुसार कम्पनीले माइडिया ब्रान्डका नयाँ उत्पादनहरूमार्फत प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ । दुई पक्ष बिचको सहकार्यले स्थानीय बजारका साथै नेपाली इलेक्ट्रोनिक्स क्षेत्रको विकासमा सहयोग पुग्ने कम्पनीको विश्वास लिएको जनाएको छ ।
चौधरी ग्रुपका अनुसार, माइडिया ब्रान्डका साना घरेलु उपकरणहरू एयर प्युरिफायर, एयर फ्रायर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन हब, राइस कुकर, गार्मेन्ट स्टिमर, स्ट्यान्ड फ्यान, फुड प्रोसेसर, ह्यान्ड मिक्सर, ह्यान्ड ब्लेन्डर, केटल, मीट मिनसर, टोस्टर, फ्यान हिटर, पी.टी.सी. सिरामिक हिटर, ओ.एफ.आर. हिटर नेपाली बजारमा पहिले देखि नै विक्री वितरण गर्दै आईरहेको छ । साथै ग्राहकहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको जनाएको छ । साथै, कम्पनीले किचेन एप्लायन्स बार्बिक्यु, फ्रि स्ट्याण्डीङ ओभन, माइक्रोवेभ ओभन, टोस्टर ओभन, भ्याकुम क्लिनरहरू, वासिंङ्ग मेसिन, वासर ड्रायर र रेफ्रिजेरेसन उत्पादनहरु ल्याउने योजना बनाएको जनाएको छ ।
‘नेपाली उपभोक्ताहरूलाई उन्नत प्रविधि, उच्च गुणस्तरका उत्पादनहरू र उत्कृष्ट सेवाहरू प्रदान गर्न हामी सँगसँगै उभिन पाउँदा खुसी छौँ,’ माइडिया ए.पी.ए.सी. क्षेत्रका दक्षिण एसिया व्यापार कार्यालयका प्रमुख एको झाङले भने ।
माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट, रेफ्रिजरेसन, वासिङ्ग मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुईँ सम्बन्धी हेरचाह र लाईटिङ्गमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ ।
माइडिया ब्रान्ड माइडिया ग्रुप अन्तर्गतको घरेलु उपकरण व्यवसाय भित्रका १० भन्दा बढी ब्रान्डहरू मध्ये एक हो । माइडिया ग्रुप एक अग्रणी विश्वव्यापी उच्च–प्रविधि कम्पनी हो, जुन २०२१ को ग्लोबल फर्च्यून ५०० मा २८८ स्थानमा रहन सफल भयो । माइडिया ग्रुपको व्यापार घरेलु उपकरणहरूभन्दा बाहिर छ जसमध्ये एच.भि.ए.सि., रोबोटिक्स र अटोमेसन, स्मार्ट होम र आई.ओ.टि, साथै स्मार्ट लजिस्टिक र कम्पोनेन्टहरू जस्ता व्यापार स्तम्भहरू पनि समावेश गर्दछ ।
नेपालमा २०२१ देखि चौधरी ग्रुपले माइडिया ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउट लेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ ।

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य: उर्जा मन्त्री खडका

प्रतिक्रिया