महाधिवेशनबारे देउवासँग हाम्रो फरक मत छ तर ओलीलाई विदाई गर्न सहयोग गर्छौँ : सिंह

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस महाधिवेशन प्रक्रियामा सभापति शेरबहादुर देउवासँग आफूहरूको फरक मत रहेपनि लोकतन्त्र सखाप पार्ने व्यवस्थाप्रति नै धावा बोल्ने अधिनायकवाद उन्मुख प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदाई गर्नुपर्ने बताए । नेता सिंहले सिराहाको लहानमा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले संसद्भित्र रहेका दलहरूसँग छलफल चलाएर कांग्रेसले नै नेतृत्व लिएर अघि बढ्न आफुहरूले सभापति देउवालाई सुझाव दिएको बताए । परिस्थिति परिपक्व भएपछि कांग्रेस जिम्मेवारी लिन र परिस्थितिलाई समालेर जान तयार रहेको भन्दै अपरिपक्व परिस्थितिलाई बुझ्दा-बुझ्दा अनावश्यक सत्ताको खेलको साक्षी नबन्ने बताए ।
वर्तमान सरकार अधिनायकवाद उन्मुख भएको बताएका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमा तानाशाह चरित्र देखिँदै जाँदा अहिले फरक मत राख्ने एमालेभित्रको एउटा समूह र माओवादी केन्द्र सुरुका दिन मा मौन बसेको समयमा नै लगाम लगाउन नसक्नु अहिलेको परिणति भएको बताए ।
हिजो एकपछि अर्को तानाशाही प्रकितिका विधेयक ल्याउँदा ओली प्रवृति को विरोध गर्न नसक्नेले अहिले पछुताउनुको विकल्प नभएको बता उनले आरोप लगाए । सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको तस्बिर/भिडियो अन्यको मोबाइलबाट खिच्न नपाइने भन्ने विषयमा सिंहको असन्तुष्टि छ ।
त्यस्तै अहिले जसपाले नैतिकताहिन सरकारसँग माग पूरा गर भनेर भन्नु गलत भएको भन्दै सहि समयमा आफ्नो मुद्दा उठाउन नसक्ने असहज परिस्थितिमा अड्को थाप्ने काम रोकेर परिस्थिति अनुसार चल्नसमेत उनले आग्रह गरे ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

भ्रष्टाचार अन्त्यका लागि सुशासन अपरिहार्य : शेखर कोइराला

भूमि विधेयक कार्यकर्ता पाल्नेगरी आयोः राप्रपा सांसद कार्की

भूमि विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँड…

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

प्रतिक्रिया