पंकज जालान नेशनल आइसिटी एक्सीलेन्स अवार्डद्वारा सम्मानीत

काठमाडौँ – लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालानलाई नेपाल सरकार सञ्चार तथा सूचना मन्त्रालयद्वारा नेशनल आइसिटी एक्सीलेन्स अवार्ड २०२२ द्वारा सम्मानीत गरिएको छ ।
नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत जालानलाई एक्सीलेन्स अवार्डद्वारा सम्मानीत गरिएको हो ।
शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेको लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, विगत २३ वर्षदेखि नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ । एलबीईएफ ग्रुप अफ इन्स्टीच्युट अन्तर्गत लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, पाटन कलेज फर प्रोफेशनल स्टडिज, जानकी कलेज फर प्रोफेशनल स्टडिज, जानकी कलेज, जनकपुर, अक्षर विद्या मन्दिर, जनकपुर र इन्टरनेशनल स्कूल फर स्कील्स पर्दछन् ।
नेशनल आइसिटी एक्सीलेन्स अवार्ड २०२२ द्वारा सम्मानित जालान विगत कैयौं वर्षदेखि शैक्षिक क्षेत्रमा कार्यरत हुनुका साथै विभिन्न पदमा रही विभिन्न सामाजिक कार्यहरुमा पनि संलग्न छन् । उनले यो अवार्ड आफ्ना काका तथा लर्डबुद्ध एजुकेशन फाउण्डेशनका संस्थापक स्व. परमानन्द केजरीवाललाई समर्पण गरेकाछन् ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया