क्लब प्लाटिनममा बलिउड गायिका आस्था गिलका गीत

काठमाडौंँ - बलिउड गायिका आस्था गिलले क्लब प्लाटिनममा गीत सुनाउने भएकी छिन् । उनले शनिबार अर्थात वैशाख २४ गते (मे ७ )मा काठमाडौंमा ‘आस्था गिल लाइभ’ नामक कन्सर्ट गर्न लागेकी हुन् ।
दरबारमार्गस्थित क्लबमा हुने ‘आस्था गिल लाइभ’ कार्यक्रममा उनले आफ्नो बउिडका हिट गीत ‘ पानी पानी हो गई, ‘ डिजेवाले बाबु’, ‘अभी तो पार्टी सुरु हुई है’,
‘नागिन दिन गिन गिन’, ‘कमरिया’ लगायतका दर्जन बढी हिट गीत प्रस्तुत गर्नेछिन् ।
युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना हुन लागेको कार्यक्रमको उदेश्य दर्शकलाई सांगीति मनोरन्जन दिने र नपालमा कोरोना हटिसकेको सन्देश दिने रहेको आयोजन संस्थाका सानु खानले बताए । आस्थालाई सुन्नलाई साधारणले १ हजार र भीआइपीले २ हजार तिर्नुपर्नेछ ।
फिल्म ‘फग्ली’ को पार्टी सङ ‘ढुप चिक’ बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’ लगायत थुप्रै गीत हिट छन् । उनी स्टन्ट बेस्ड रियालिटी सो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी ११’ को प्रतिस्पर्धी पनि हुन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया