सामाजिक सञ्जालका लागि साझा आचारसंहिता बनाउन नेपालको प्रस्ताव
काठमाडाैँ – नैरोबी (केन्या) प्रेस काउन्सिलको अन्तराष्टिय स्तरको मञ्चमा सामाजिक सञ्जाल र न्यू मिडियालाई व्यवस्थित बनाउने विषयमा साझा आचारसंहिता बनाउनुपर्ने आवाज उठेको छ । अफ्रिकी मूलुक केन्याको राजधानी नैरोवीमा भएको विश्व प्रेस काउन्सिलको साधारण सभामा प्रेस काउन्सिल नेपालका तर्फबाट यस्तो सुझाव राखिएको हो ।
नेपालका तर्फबाट बोल्दै प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जाललाई रचनात्मक बनाउन नेपालमा धेरुै खालका प्रयासहरु भएको अवगत गराउँदै यसलाई मर्यादित र व्यवस्थित बनाउनु जरुरी भइसकेको बताए ।
'हामीले सामाजिक सञ्जाललाई आचारसंहिताको परिधिभित्र बाँध्न विभिन्न प्रयासहरु गरेका छौं । यसलाई रचनात्मक बनाउन नेपालमा विभिन्न कामहरु काउन्सिलले गरिरहेको छ । सबैतिरको अनुभव साटासाट गर्दै साझा खालको आचारसंहिता निर्माण गर्न सकिन्छ', वल्र्ड एशोसिएसन अफ प्रेस काउन्सिल (डब्लुएपीसी)को बुधबार सुरु भएको बैठकमा अध्यक्ष बस्नेतको प्रस्ताव थियो ।
उनले मिडियालाई समस्यारहित बनाउन र सक्षम जनशक्ति थप्न सञ्चार सचेतना अभियानलाई सबैतिर जोड दिनुपर्ने सुझाव राखे । सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रयोगकर्तालाई काउन्सिलको समन्वयमा विभिन्न कारवाही समेत हुदै गरेको जानकारी गराउँदै अध्यक्ष बस्नेतले अन्य देशको अनुभवबारे समेत मञ्चमा व्यापक छलफल हुनुपर्ने औंल्याए
आचारसंहिताभित्र पत्रकारितालाई नराख्ने हो भने यो क्षेत्रप्रतिको विश्वास टुट्दै जाने र यसले सिंगो प्रेस जगत धरमराउने बस्नेतको धारणा थियो । उद्घाटन मन्तव्य राख्दै केन्याका सूचना तथा सञ्चार मन्त्री जो मुचेरोले काउन्सिलका विश्वभरका प्रतिनिधिहरुलाई स्वागत गर्दै यस्ता मञ्चबाट न्यू मिडियाले ल्याएका विश्वव्यापी चुनौति सम्बोधन गर्नुपर्ने धारणा राखे ।
राजनीतिक, समाजिक समस्या र खिचातानीका बाबजुद मिडियाले आफ्नो खास धर्म कहिले छाड्न नहुने उनको तर्क थियो । बैठकका सहभागीले अनलाईन र युट्युव व्यवस्थित गर्न नेपालमा भइरहेका प्रयास अनुकरणीय रहेको बताएका थिए । विश्व प्रेस काउन्सिलका अध्यक्ष प्रा.डा सुले अकरले सबै देशबाट आएका सुझावमा छलफल गरेर केन्या घोषणापत्र जारी गर्ने जानकारी दिए । सम्मेलन भोलि सकिदैछ ।

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

प्रतिक्रिया