मोर्गन आउट, इंग्ल्यान्डको कप्तानी बटलरले गर्ने
काठमाडौँ : औँलामा लागेको चोटका कारण इंग्ल्यान्डका नियमित कप्तान इयोन मोर्गन भारतसँगको एकदिवसीय सिरिजबाट बाहिरिएका छन् । मोर्गनले चोटका कारण दोस्रो र तेस्रो एकदिवसीय क्रिकेट खेल्न नसक्ने भएका हुन् ।
फिल्डिङका क्रममा मोर्गनको औँलाबाट रगत आउने गरी चोट लागेको थिए । इंग्ल्यान्ड क्रिकेट बोर्डका अनुसार उनले तेस्रो एकदिवसीय क्रिकेट पनि गुमाउनेछन् । मोर्गट सिरिजबाटै आउट भएपछि इंग्ल्यान्डको कप्तानी जोश बटलरले गर्ने भएका छन् ।
विकेटकिपर अलराउण्डर ब्याट्सम्यान बटलरलाई दोस्रो र तेस्रो एकदिवसीयको कप्तान बनाइएको छ । यस्तै चोटकै कारण बलर साम बिलिङ्स पनि टिमबाट बाहिरिएका छन् । पहिलो एकदिवसीय गुमाएको इंग्ल्यान्डका लागि कप्तान समेत बाहिरिदा बाँकी दुई एकदिवसीय जित्न चुनौति थपिएको छ ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया