शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त गर्न दरखास्त आह्वान

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्यहरु नियुक्त गर्न १५ दिने दरखास्त आह्वान गरेको छ । मन्त्रालयले शनिबार गोरखापत्रमा सुचना प्रकाशन गरेर योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिन भित्र दरखास्त दिन भनेको छ ।
इच्छुकहरूले शिक्षक सेवा आयोगको अध्यक्ष/सदस्य भएपछि आयोगको नेतृत्व गर्ने र चाल्ने नेतृत्वदायी भूमिकासहितको अवधारणा पत्र तथा पाँच वर्षको व्यवसायिक कार्य योजनासमेत संलग्न गरी सिलबन्दी दरखास्त सिफारिस समितिको सचिवालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यालय समय भित्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।
शिक्षा ऐन, २०१८ (संशोधन सहित) को दफा ११ (ख) ले शिक्षक सेवा आयोगमा अध्यक्ष र एकजना महिला सहित अन्य दुई सदस्यहरु रहने व्यवस्था गरेको छ । आयोगका पदाधिकारीको नियुक्ति सोही ऐनको दफा ११ ख को उपदफा(३) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा नेपाल सरकारले गर्ने व्यवस्था छ ।
सिफारिस समितिद्वारा स्वीकृत कार्यविधि, २०७७ बमोजिम दरखास्त पेश गर्ने उम्मेदवारहरूबीच योग्यताक्रम निर्धारण गरी उच्च अंक प्राप्त गर्ने उम्मेदवारलाई अध्यक्ष तथा सदस्य नियुक्त गर्न नेपाल सरकारलाई सिफारिस गर्नेछ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया