निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग

बारा – बारामा निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन आचारसंहिताविपरीत १८ वर्षभन्दा मुनिका बालबालिका राजनीतिक कार्यक्रममा प्रयोग भएका देखिएको छ ।
निर्वाचन कार्यालयले उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिसेको छ । स्थानीय तहको निर्वाचन भयरहित तथा निष्पक्ष रुपमा सम्पन्न गर्न गत २५ चैत्रदेखि निर्वाचन आचारसंहिता पनि लागु गरिएको छ । तर, बारामा निर्वाचन आचारसंहिता उल्लंघन भइरहँदा पनि सम्बन्धित पक्ष मुखदर्शक बनेको पाइन्छ ।
आचारसंहितामा निर्वाचन प्रचार कार्यमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्ने नमिल्ने, भोज भतेर गर्ने नपाइने, कुनै पनि पार्टीको चिह्न अंकित कपडा लगाउन नपाइने जस्ता विषय समावेश छन । तर, बारामा उम्मेदवारी दर्ता गरिएको दिनदेखि नै उम्मेदवारहरूले भोजभतेर र बालबालिकाको प्रयोग गरिरहेको देखिएको छ ।
कांग्रेस, एमाले, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपालसहित सबै पार्टीको चुनाव चिह्न अंकित पोशाक लगाएर हिँडेका कार्यकर्ताहरू पनि बजारमा छ्यापछ्याप्ती भेटिएका छन् ।
उम्मेदवारहरूले आचारसंहिताविपरीत आफ्नो चुनावी प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गरेको पाइएको छ । उम्मेदवारहरूले बालबालिकालाई पर्चा वितरणदेखि भित्तामा पोस्टर टाँस्नसमेत प्रयोग गरेको देखिन्छ ।

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

प्रतिक्रिया