गौतमबुद्ध विमानस्थलबाट जजिरा एयरलाइन्सले पहिलो फ्लाइट गर्ने

बुटवल । गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरी अन्तर्राष्ट्रिय फ्लाइटको तयारीबारे जानकारी लिएका छन् । बुधबार बिहान निरीक्षण गरी गृहमन्त्री खाणले अन्तर्राष्ट्रिय फ्लाइटबारे जानकारी लिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले जानकारी दिए ।
विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर पहिलो अन्तर्राष्ट्रिय फ्लाइट गर्ने तयारी भइरहेको छ । जजिरा एयरलाइन्सले आफूले पहिलो फ्लाइट गर्न सहमति जनाइसकेको अध्यागमन कार्यालय प्रमुख केसीले जानकारी दिए । मन्त्री खाणले विमानस्थलमा अध्यागमनको तयारी, अराइभल र डिपार्चर कसरी गर्ने तयारी भएको छ, त्यसबारे जानकारी लिए ।
निरीक्षणमा विमानस्थल अध्यागमन कार्यालयमा काम गरिरहेका कर्मचारीलाई ‘अन्तर्राष्ट्रिय फ्लाइट आयो भने, काम गर्न सक्ने अवस्था भइसक्यो ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा अध्यागमनका कर्मचारीहरूले आफूहरू पूर्ण तयारी अवस्थामा रहेको बताएका थिए ।
त्यस्तै उनले विमानस्थलको प्राविधिक पक्षबारे पनि जानकारी लिए । गृह मन्त्रालय अन्तर्गत गर्नु पर्ने काम पूरा भए नभएकोबारे पनि निरीक्षणका क्रममा गृहमन्त्री खाणले अध्यागमन कार्यालयसँग जानकारी लिएका थिए । गृहमन्त्री खाण बुधबार नै काठमाडौँ फर्किएर दिउँसो ३ः ४५ मा बुद्ध एयरको हवाइजहाजबाट प्रदेश १ स्तरीय सुरक्षा समिति बैठकमा भाग लिन विराटनगर जाने कार्यक्रम तय भएको छ ।

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_lHCEFU3vHe_1ihtkmxxo8kcfnieztumzhlfyhknqzoajjtvc8fafvdogbpxyxjdvfaojq7n.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रतिक्रिया