कुमारी बैंक लिमिटेडद्वारा नेपालको चुमनुव्री गाउँपालिकामा बृद्ध भत्ता वितरण

काठमाडौंँ - कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सेवा-सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुयाउने अभिप्रायले चुमनुव्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पुयाउने कार्य सम्पन्न गरेको छ ।
नेपालको विकट स्थानमा रहेको गोरखाको चुमनुव्री क्षेत्रमा सडकको पहुँच छैन जसका कारणले ७० वर्षभन्दा माथिका वृद्ध–वृद्धाहरूले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई देखि तीन दिनको बाटो हिँड्नुपर्ने कष्टलाई मध्यनजर गरेर कुमारी बैंक लिमिटेडले काठमाडौंदेखि चुमनुव्रीसम्म हेलिकप्टर चार्टर गरी वृद्धभत्ता पुयाउने कार्य सम्पन्न गरेको हो । वैशाख १५ गतेका दिन कुमारी बैंक लिमिटेडका व्यापार समन्वय विभागका प्रमुख, रोहित सिंहको नेतृत्वमा गएको तीन जनाको टोलीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगद पुयाउने कार्य गरेको थियोे ।
गोरखाको चुमनुव्रीमा नै आयोजित कार्यक्रममा रोहित सिंहले, आफ्ना ग्राहकहरूका लागि हामीले चौतर्फी रूपमा सेवा–सुविधा पुगोस् भनी सो आयोजना गरेका गरेको जनाए । आगामी दिनमा यसरी सहयोग पुयाउने कार्यक्रमलाई हामीले निरन्तरता समेत दिने कुरामा जोड दिए ।
आफ्ना देशव्यापी १९७ शाखा–संजाल, १७७ एटिएम, ४२ शाखारहित बैंकिंग इकाई तथा १६ एक्सटेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

प्रतिक्रिया