लाङटाङ क्षेत्रमा आगलागी

रसुवा : लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा ल्याउने प्रयास जारी छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ स्थित ब्रावल भीर पाखामा आज बिहानदेखि लागेको डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सुरक्षा अङ्ग, निकुञ्जका कर्मचारी एवं स्थानीयवासी जुटिरहेका छन् ।
भीर, पाखो, झाडी तथा बुट्यान भएका कारण डढेलो नियन्त्रणमा समस्या परिरहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । डढेलो पासाङल्हामु मार्गभन्दा माथि जानबाट रोक्न सेनाले अग्निरेखा बनाइरहेको छ । संरक्षित जङ्गलमा लागेको डढेलोबाट उत्पन्न धुँवाले सदरमुकामलगायत आसपासका मानवबस्ती प्रभावित भएको छ । डढेलो ब्रावलको भीर हुँदै सडक मुनिको पूर्वीभाग केवुतर्फ अगाडि बढेको निकुञ्जका वन प्राविधिकले जनाएका छन् । रासस

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया