शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

तीन जना मृत अवस्थामा फेला

काठमाडौं – इलाम, सुनसरी र महोत्तरीमा तीन जना मृत अवस्थामा फेला परेका छन् । 

ईलामको माई नगरपालिका–७ खैरेनी बस्ने ७५ वर्षीया टिका माया लिम्बु सोही ठाउँस्थित माई खोला र तमाखे खोलाको दोभानको पानीमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

सुनसरीको कोशी गाउँपालिका–४ स्थित नालीमा सोही गाउँपालिका–७ हरिपुर बस्ने ४५ वर्षीय सुनिल मुखिया मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरस्थित सागरनाथ वन विकास प्रयोजना अन्तर्गतको जंगलमा हाल पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीया महिला मृत अवस्थामा सोमबार फेला परेकी छिन् ।