श्रीलंका र वेष्ट इण्डिजबीचको पहिलो टेस्ट बराबरीमा

काठमाडौँ : श्रीलंका र वेष्ट इण्डिजबीचको पहिलो टेस्ट बराबरीमा सकिएको छ । नर्थ साउण्डमा अन्तिम दिन निक्रुमा बोनरले शतक बनाएपछि वेष्ट इण्डिज श्रीलंकासँगको पहिलो टेस्ट बराबरी गर्न सफल भएको हो ।
जितका लागि पाएको ३७५ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले अन्तिम दिनको खेल सकिदा ४ विकेट गुमाएर २३७ रन बनाएपछि म्याच बराबरी भएको घोषणा गरिएको थियो । वेष्ट इण्डिजलाई हारबाट जोगाउन बोनरले शतक हाने ।
त्यसअघि श्रीलंकाले दोस्रो पालीमा ४७६ रन बनाउँदै वेष्ट इण्डिजसामु सम्मानजनक चुनौति पेश गर्न सफल भएको थियो । पहिलो पालीमा दुवै टिमले खराब प्रदर्शन गरे । श्रीलंकाले १६९ रन मात्रै बनाउन सक्दा वेष्ट इण्डिज पनि २७१ रनमा अलआउट भएको थियो ।
अब यी दुई टिमको दोस्रो टेस्ट आगामी सोमबारदेखि नर्थ साउण्डमै हुनेछ ।

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

प्रतिक्रिया