अफगानिस्तानी सुरक्षा कारबाहीमा २७ लडाकुको मृत्यु

क्वालात : अफगानिस्तानको जाबुल प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी २७ लडाकू मारिएका छन् । सरकारी सुरक्षा निकायले चलाएको सुरक्षा कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा उनीहरूको मृत्यु भएको हो ।
सेनाले बिहीबार जारी गरेको वक्तव्यका अनुसार सुरक्षा कारबाहीका क्रममा अरु १८ लडाकू घाइते पनि भएका छन् । लडाकूहरूले प्रयोग गर्ने गरेको मोटरसाइकल, विस्फोटक पदार्थ तथा अन्य हतियारसमेत सुरक्षाकर्मीले नष्ट पारिदिएका छन् ।
सुरक्षा कारबाहीका क्रममा सरकारी सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने सेनाको वक्तव्य मौन छ । (रासस)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया