इजरायलमा ९० प्रतिशत मत गणना, नेतन्याहुले गठबन्धन सरकार बनाउने अनुमान

जेरुसेलम : इजरायलमा भएको निर्वाचनको मतगणना सुरू भई बिहीबार यो समाचार लेख्दासम्म ९० प्रतिशत मत गणना भएको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन् । संसद्को कुल १२० सिटका लागि भएको निर्वाचनमा पछिल्लो दुई बर्षमा इजरायलमा अहिले चौथो पटक निर्वाचन भएको हो ।
राजनीतिक अस्थिरताका कारण पटक पटक निर्वाचन गर्नु परेपनि अब भने पुरा कार्यकाल संसद चल्ने विश्वास मतदाताले गरेका छन् । अहिलेसम्मको गणना अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँको पार्टीले ५२ प्रतिशत सिटमा जित हासिल गर्ने अनुमान गरिएको छ । उनलाई बहुमत पुर्याउन अरु ९ सिट आवश्यक पर्दछ ।
त्यसैगरी उनको प्रतिस्पर्धी अर्को गठबन्धनले भने ५७ सिट सफलता प्राप्त गर्ने विश्लेषण गरिएको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी यसपहिले लिकुड पार्टीको सहयोगीसमेत रहेको यमिना समूहले ७ सिट जित्ने अनुमान गरिएको छ भने त्यसले नेतान्याहुँसँग गठबन्धन गर्ने अपेक्षा गरिएको छ ।
निर्वाचनको अन्तिम नतिजा भने शुक्रबार सार्वजनिक हुने प्रबल सम्भावना रहेको निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् । (रासस)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया