लुम्बिनीका दुई सांसदलाई माओवादीले सोध्यो २४ घण्टे स्पष्टीकरण

बुटवल : नेकपा माओवादी केन्द्रले आफ्ना २ जना प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । केन्द्रले लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यहरू दधिराम न्यौपाने र दिनेश पन्थीलाई दल त्यागेको सूचना आएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
दलका सचेतक तुलाराम घर्तीले प्रेस नोट जारी गरेर माओवादी केन्द्रकातर्फबाट निर्वाचित भएका प्रदेशसभा सदस्यहरू न्यौपाने र पन्थीले दल त्यागगरी अर्को दलमा प्रवेश गरेको भन्ने जानकारी आएकाले २४ घण्टे स्पष्टीकरण पत्र पठाईएको उल्लेख गरेका छन् ।
न्यौपाने र पन्थी संसद विघटनपछि नेकपा ओली समूहमा लागेका थिए । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँताइदिएपछि नेकपा एमालेमै रहने घोषणा गरेका थिए । न्यौपाने रुपन्देहीको निर्वाचन क्षेत्र १ क र पन्थी गुल्मीको २ क बाट निर्वाचित सांसद हुन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया