दोषीलाई कारबाहीको प्रतिबद्धतापछि पोखरा–बाग्लुङ राजमार्ग खुल्यो
कास्की - सवारी दुर्घटनामा एकाघरका दुई जनाको मृत्यु भएपछि आक्रोशित पीडितका परिवारले आज बन्द गराएको पोखरा–बाग्लुङ राजमार्ग सञ्चालनमा आएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा आइतबार बिहान कारको ठक्करबाट मोटरसाइकल चालक कुश्मा नगरपालिका–४ का ४५ वर्षीय जितबहादुर पुनको आज उपचारका क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा र उहाँका छोरी १८ वर्षीया सविनाको अस्पताल ल्याउँदै गर्दा हिजो मृत्यु भएपछि मृतकका आफन्तले दोषीलाई कारवाही हुनुपर्ने मागसहित राजमार्ग बन्द गराएका थिए ।
पीडितले राजमार्गको याम्दीपुलमा सडकमा बसेर सवारी आवागमन अवरुद्ध गरेर बाटो बन्द गरेकामा अहिले सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार प्रहरीले घटनामा सङ्लग्नलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउने र घटनाको अनुसन्धानको प्रतिबद्धतापछि राजमार्गको अवरोध हटाउन पीडित पक्ष सहमत बनेका हुन् ।
मृतकका परिवार तथा आफन्तहरुले दुर्घटनामा सङ्लग्न कार चालकलाई अविलम्ब पक्राउ गरी कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन् । दुर्घटना गराउने कारका चालक हालसम्म फरार रहेको बताइन्छ ।
यसअघि पीडित परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीअगाडि पनि विरोध प्रदर्शन गरेका थिए । पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरातर्फ आउँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । रासस

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

प्रतिक्रिया