दुर्घटनामा युवकको मृत्यु

लहान : पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका-११ बगहामा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट आज एक युवकको मृत्यु भएको छ । कर्जन्हा-११ बगहास्थित गाडीको ठक्करबाट अन्दाजी २६ वर्षीय युवकको मृत्यु भएको र मृतकको पहिचान पनि हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
ठक्कर दिएलगत्तै गाडी फरार भएकाले नम्बर खुल्न नसकेको प्रहरीको भनाइ छ । टिपरले ठक्कर दिएको अनुमान गरिए पनि यकीन हुन नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । (रासस)

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

प्रतिक्रिया