सरकारी कार्य सूचना प्रविधिसँग जोड्न प्रयास भइरहेको छ: सचिव अर्याल

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव वैकुण्ठ अर्यालले आफ्नो कार्यालयको ९० प्रतिशत कार्य डिजिटल प्रणालीबाट (प्रविधिमैत्री) गर्न थालिएको बताएका छन् ।
प्रविधि पत्रकार मञ्चद्वारा प्रकाशित ‘प्रविधि’ नामक कृति विमोचन गर्ने क्रममा उनले सूचना प्रविधिको विकास छिटो हुने र दैनिक जीवनमा सहजता ल्याउने हुँदा सरकारी कार्य प्रणालीलाई सूचना प्रविधिसँग जोड्न प्रयास भइरहेको बताए ।
सरकारले निजी क्षेत्रको सहकार्य र समन्वयमा प्रविधि क्षेत्रको विकासमा सहयोग गर्ने उल्लेख गर्दै उनले समग्र बिजनेस प्रणालीलाई डिजिटल बनाउन सकिएमा उत्पादनका साथै वितरण प्रणाली सहज बनाउन सकिने बताए ।
नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले कुनै समय इन्टरनेट र टेलिफोन दुवैलाई विलासी सेवाका रूपमा लिइने गरेको भए पनि अहिले ती अति आवश्यक सेवाका रूपमा परिवर्तन भएको चर्चा गर्दै यस क्षेत्रको समग्र विकासका साथै नियमनका लागि प्राधिकरण स्थापना गरिएको बताए ।
यस क्षेत्रका विज्ञबाट डिजिटल नेपाल निर्माणका प्रावधान तथा यसलाई थप व्यवस्थित बनाउनेबारे सुझाव दिइएको उक्त समारोह राेबर्टकाे सहायताबाट उद्घाटन गरिएको थियो ।
रासस

'होनर एक्ससिक्ससी' धमाकेदार रूपमा नेपालमा सार्वजनिक, खरिदमा रु ४,००० बराबरक…

टिकटक बन्यो शार्क ट्यांक नेपालको आधिकारिक मनोरञ्जन पार्टनर

क्लासिक टेकको १६ औ वर्षामा प्रवेश, अफर जति मा चाहियो, त्यतिमै पाइयो !

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

प्रतिक्रिया