शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

सुन जस्तो देखिने धातुका गहनासहित सिंह पक्राउ

बाँके – खजुरा गाउँपालिका-२ एल गाउँ सुबेदी चोकबाट करिब ७ सय ८९ ग्राम ३ मिलिग्राम सुनजस्तो देखिने पेहेंलो पदार्थले बनेको विभिन्न गहनासहित एक जना पक्राउ परेका छन् ।

बझाङ जयपृथ्वी नगरपालिका-१ पिमी बस्ने २८ वर्षीय अशोक बहादुर सिंहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे । 

शंकास्पद तरिकाले हिँडडुल गरिरहेका उनलाई प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गहनासहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।