शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

जगन्नाथ पौडेललाई छल्न खोज्दा भरतपुरबासीको र्‍याख–र्‍याख्तीमा परे ऋषि धमला

भरतपुर– पत्रकार ऋषि धमलाको टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहान्छ’ ले हालै भरतपुरका मेयर उम्मेदवारको ककस आयोजना गर्‍यो । उक्त कार्यक्रममा मेयरका प्रतिस्पर्धी भनेर गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेकी रेणु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदी लगायत अन्य दल र स्वतन्त्र उम्मेदवार बोलाइएको थियो । 

स्थानीय निर्वाचनको केन्द्रमा अहिले भरतपुर छ । त्यसको कारण हो, गठबन्धनको निर्णयलाई बेवास्ता गर्दै नेपाली कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलको उम्मेदवारी । तर, धमलाले त्यसलाई नजरअन्दाज गर्दै दाहाल र सुवेदीलाई मात्र बोलाएर ककस गरेपछि उनीविरुद्ध भरतपुरबासीले नाराबाजी गरे । 

धमलाले रेणु दाहालको आग्रहमा जगन्नाथ पौडेललाई नबोलाएको भनेर भरतपुरबासीको भीडले धमलालाई र्‍याख–र्‍याख्ती पारेका थिए ।