साताको पहिलो कारोबारमा २.०७ प्रतिशतले घट्यो सेयर बजार

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज नेप्से साताको कारोबारको पहिलो दिन परिसूचक ४९ अंकले घटेको छ। आइतबार मे दिवसको दिन बन्द भएको बजार परिसूचक सोमबारको कारोबारमा ४८.७३ अंकले गिरावट आएको हो। गत हप्ताको बिहीबार २० अंकले गिरावाट आएको हो। आजको कारोबार पश्चात बजार २३०७.४४ अंकमा ओर्लिएको छ।
साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक २.०७ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक १.८८ प्रतिशत अर्थात ८.४५ अंकले घटेर ४४१ दशमलव ७९ अंकमा ओर्लिएको छ ।
४९ अंकले बजार घट्दा आज कारोबार भएका २ सय २८ कम्पनीको सेयर कारोबारमा १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २ सय ९२ रूपैयाँ बराबरको ३९ लाख ७८ हजार ७९ कित्ता सेयर ३१ हजार ४ सय ४ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।
आजको कारोबारमा बढी कमाउने कम्पनीमा जाल्पा सामुदायिक लघुवित्त, सपोर्ट माइक्रो फाइनान्स, सामूदायिक लघुवित्त केबिएल डिबेन्चर, सबैको लघुवित्त लगायतका कम्पनी रहेका छन् ।जाल्पाको सेयरमा सर्किट ब्रेक लागेको छ
आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा नेपाल फाइनान्स , युनिअन हाइड्रो , दिव्यस्वोरी हाइड्रो, माउन्टेन इनर्जी नेपाल तथा लिवर्टी इनर्जी नेपाल रहेका छन् । समूहगत परिसूचकमा आज उल्लेख्य गिरावट आएको छ । सबैभन्दा धेरै फाइनान्स समूह रहेको छ।
उपसमूहहरू |
हालको अंक |
परिवर्तन |
प्रतिशतमा |
---|---|---|---|
बैंकिङ |
१५६३.९४ |
१६.२६ |
-१.०३ |
ट्रेडिङ |
२११२.४४ |
३०.१३ |
-१.४१ |
होटेल र पर्यटन |
२९८३.१२ |
११४.७२ |
-३.७ |
विकास बैंक |
४००२.२० |
१२७.३३ |
-३.०८ |
जलविद्युत |
२५७६.४९ |
९५.७९ |
-३.५८ |
फाइनान्स |
१६८०.३६ |
७४.४४ |
-४.२४ |
निर्जीवन बीमा |
१०४८२.४० |
२१८.६३ |
-२.०४ |
म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ |
५४२४.९८ |
११२.७४ |
-२.०४ |
अन्य |
१७४४.५९ |
६१.१ |
-३.३८ |
माइक्रो फाइनान्स |
४७०४.३७ |
६९.०७ |
-१.४५ |
जीवन बीमा |
१२२५३.१० |
३४२.२५ |
-२.७२ |
म्युचअल फण्ड |
१५.४६ |
०.१ |
-०.६३ |
लगानी |
७५.४० |
१.७२ |
-२.२३ |

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया