बुधबार २८ जेठ, २०८२
Wednesday, June 11, 2025

१९ करोड माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा

काठमाडौं – राजस्व चुहावट गरेको आरोप सम्बन्धीमुद्धा उच्च अदालत पाटन, ललितपुरमा वैसाख १६ गते मुद्दा दायर गएको छ । 

भक्तपुर सूर्यविनायक नगरपालिका देउजागाउँ बस्ने एभरेष्ट यति इन्टरनेशनल प्रालिका संचालक दिपक कुमार देउजा र सूर्यविनायक कै इन्टरनेशनल प्रालिका शेयरधनी अचला थापा देउजा विरुद्ध राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दायर गरेको हो । 


उनीहरुले एभरेष्ट यति इन्टरनेशनल प्रालि मार्फत राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक खरिद गरी बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरेको जनाएको छ । उनीहरुले प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको विभागले जनाएको हो ।  

उनीहरुले मुल्य अभिबरबृद्दि कर तर्फ  ३ कारोड ४० लाख १८ हजार रुपैयाँ र आयकर तर्फ  ६ करोड २७ लाख १४ हजार ५६० रुपैयाँ जम्मा हुन आउने कुल विगो नौ करोड सतसठ्ठी लाख वत्तिस हजार पाँच सय साठी रुपैया राजस्व चुहावट गरेको विभागले जनाएको छ । 

प्रतिवादीहरुबाट विगो असुल गरी ऐन अनुसार कायम भएको विगोको शत प्रतिशत  नौ करोड सतसठ्ठी लाख वत्तिस हजार पाँच सय साठी रुपैया जरिवाना तथा कैद सजाय हुन मागदावी गरी अभियोग पत्र दायर गरिएको विभागले जनाएको छ।