आयल निगमलाई अबको १५ दिनमा पाँच अर्ब १९ करोड घाटा
प्रतिसिलिण्डर ग्याँसमा १०५० रुपैयाँ नोक्सान

काठमाडौं – नेपाल आयल निगमलाई अबको १५ दिनमै पेट्रोलियम पदार्थको बिक्रीबाट पाँच अर्ब १९ करोड रुपैयाँ घाटा हुने भएको छ ।
भारतीय आयल निगमले हिजो पठाएको नयाँ मूल्य सूचीअनुसार अर्काे नयाँ मूल्य सूची नपठाउञ्जेल (अबको १५ दिनसम्म) पेट्रोलमा ७१ करोड ८३ लाख, डिजेलमा ३ अर्ब पाँच करोड र एलपी ग्यासमा १ अर्ब ७४ करोड रुपैयाँ घाटा हुने भएको हो ।
निगमका अनुसार मटितेलमा २८ लाख, हवाई इन्धन (आन्तरिक) ३ करोड ६५ लाख र हवाइ इन्धन (बाह्य) मा२८ करोड ४४ लाख रुपैयाँ नाफा हुनेछ ।
निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलमा निगमलाई प्रतिलिटर २३ रुपैयाँ, डिजेलमा प्रतिलिटर ४० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर एक हजार ५० रुपैयाँ घाटा पर्ने भएको हो । हाल पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धन (आन्तरिक), हवाई इन्धन (बा्हय) र एलपी ग्यासको खरिद लागत क्रमशः १८३.०२, १८३.१३, १४०.१९, १४३.३६, १३.७८ र २६५०.१८ रुपैयाँ रहेको छ । हाल पेट्रोलको बिक्री मूल्य १६०, डिजेल र मटितेल १४३, हवाई इन्धन (आन्तरिक) १५६ रुपैयाँ र हवाइ इन्धन (बाह्य) १.५४ अमेरिकी डलर छ भने एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिण्डर १६ सय रुपैयाँ कायम गरिएको छ ।
निगमले नेपाल सरकारको मातहतमा रहेको मूल्य स्थिरीकरण कोषलगायत अन्य सञ्चिती कोषका सबै रकमहरु विगतको घाटा पूर्ति गर्दा सकिइसकेको जनाएको छ । यही मे, २०२२ मा पेट्रोलियम पदार्थ खरिद बापतको रकम भारतीय आयल निगमलाई भुक्तानी गर्न १० अर्ब रुपैयाँभन्दा बढी नपुग हुने निगमले जनाएको छ । ‘नपुग रकमको जोहो नेपाल सरकार र अन्य वित्तीय संस्थाहरुबाट ऋण लिई आपूर्ति व्यवस्था सहज बनाइ राख्नुपर्ने बाध्यता निगमलाई रहेको छ,’ निगमका सहप्रवक्ता पुष्कर कार्कीद्वारा हस्ताक्षतिर विज्ञप्तिमा छ ।

बालअस्पताल निर्माणमा सहयोग गर्न पठाओको ‘राइड फर अ कज’ अभियान
एभरेष्ट बैंक एनपीएस नेशनल कार्ड स्विच तथा नेपाल के कार्डमा आवद्ध

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया