देउवाजीले प्रेसर दिएपछि उम्मेदवारी फिर्ता लिएँ : कँडेल

गोरखा- गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवार दिपकबाबु कँडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई उम्मेदवारी फिर्ता लिनका लागि दबाब दिएको बताएका छन् ।
‘देउवाजीले मलाई पार्टीको निर्णय मान्नुपर्छ भनेर भन्नुभएको हो । मैले पनि पार्टीको निर्णय मान्छु भनेकै हो । अर्को एउटा कुरा के पनि हो भने, पार्टीको आधिकारीक निर्णयभन्दा बाहिर जाने क्षमता पनि नभएकाले मैले त्यो विज्ञप्ति निकालेको हो । उहाँले उम्मेदवारी फिर्ता लिनका लागि प्रेसर गर्नु भएकै हो’, कँडेलले भने । आयोगले बनाएको निर्वाचन आचारसंहिता २०७९ अनुसार कुनै पनि उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिनका लागि कोही कसैले दबाब दिनु, बाधा, अवरोध पुर्याउनु हुँदैन । त्यसो गरेर आचारसंहिता उल्लंघन हुन्छ ।
गत १० वैशाखमा नै जिल्लामा सत्तारूढ दलहरु मित्रवत प्रतिस्पर्धा गर्दै एक्लाएक्लै चुनाव लड्ने निर्णय गरिसकेका थिए । गृह जिल्ला गोरखा भएका जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको निर्वाचन क्षेत्रअन्तर्गत पालुङटार नगरपालिका पर्छ । सोही कारण भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेससँग जसरी हुन्छ तालमेल गरेर नगरपालिकामा आफ्नो पार्टीका मेयरलाई जिताउने रणनीतिमा छन् ।
जिल्लामा गठबन्धन तोडिए पनि बाबुरामले पालुङटारमा आफ्नो पार्टीले मेयर नपाए सरकार ढाल्ने बताएपछि देउवाले गत शुक्रबार निर्वाचन अधिकृतको कार्यलयमा आफ्ना पार्टीका मेयर पदका उम्मेदवारको उम्मेदवारी फिर्ता गरेको भन्दै पत्र पठाएका थिए ।
तर, देउवाले पठाएको पत्र ढिलो आएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले कांग्रेसका उम्मेदवार दिपकबाबु कँडेलको नाम अन्तिम नामावलीमा प्रकाशन गर्यो । यति हुँदा पनि देउवाले लगातार कँडेललाई उम्मेदवारी फिर्ता गर्न भन्दै निर्देशन दिन नछाडेपछि कँडेलले आइतबार दिउँसो विज्ञप्ति निकाल्दै केन्द्रको निर्णय कार्यान्वयन गर्न भनेका छन् ।

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

प्रतिक्रिया