एसि मिलान, इन्टर मिलान र युभेन्ट्सको जित

काठमाडौँ- इटालियन सिरी ए फुटबल अन्तरगत आइतबार राति भएको खेलमा इन्टर मिलान, एसि मिलान र युभेन्ट्सले जित निकालेका छन् ।
उपाधि दौडमा रहेको इन्टरले उडिनेसलाई २-१ अन्तरले हरायो ।
इन्टरको जितमा इभान पेरिसिक र लाउटारो मार्टिनेजले एक एक गोल गरे । उडिनेसका लागि पुसेटोले एक गोल गरे । अर्को खेलमा एसी मिलानले फियोरेन्टिनालाई १-० अन्तरले हरायो ।
मिलानको जितमा राफायल लिओले खेल सकिन आठ मिनेट अघि निर्णायक गोल गरे । यस्तै अर्को खेलमा युभेन्ट्सले भेनेजियालाई २-१ गोल अन्तरले हरायो । युभेन्ट्सको जितमा लियोनार्दो बोनुचीले दुई गोल गरे ।
भेनेजियाको लागि माटिया अरामुले एक गोल गरे । खेलसँगै सिरी एको उपाधी होड थप प्रतिस्पर्धात्मक बनेको छ । समान ३५ खेल खेलेको एसि मिलान ७७ अंक सहित पहिलो, ७५ अंकको इन्टर मिलान दोस्रो र ७० अंकको नापोली तेस्रो स्थानमा छ । ६९ अंकको युभेन्ट्स चौथो स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया