नेपाल जिम्बावेसँग ६ विकेटले पराजित

काठमाडौँ - जिम्बावे ‘ए’ विरुद्धको टी–ट्वान्टी सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए टोलीले १८ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । जिम्बावेको जितमा तडिवानाशे मारुमानीले सर्वाधिक ५६ रनको योगदान दिए । त्यस्तै कप्तान टोनी मुनयोङ्गाले ५० रन जोडे भने इनोसेन्ट कैयाले ४७ रन बनाए ।
नेपालका बसिर अहमदले २ तथा कप्तान सन्दीप लामिछाने र करण केसीले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो । नेपालका लागि आदिल अन्सारीले अविजित रहँदै सर्वाधिक ४७ रन बनाए । उनले २७ बलमा चार चौका र तीन छक्कासहित ४७ रनको योगदान दिएका हुन ।
त्यस्तै कुशल भुर्तेलले ४६ रन जोड्दा रोहित पौडेलले ३९ रन बनाए । दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए भने आसिफ शेख ९ रनमा आउट भए । आरिफ शेख २ रनमा आउट भए भने करण केसी ४ रनमा अविजित रहे । बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे, बे्रन्डन मभुता र जोन मसराले समान १/१ विकेट लिए ।
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ए टोलीसँग उक्त सिरिज खेलिरहेको हो ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया