यामाहा नेपालले डेलिभर गर्यो ५ सय 'एम्टी बीएस ०६'

काठमाडौँ - नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले दोस्रो पटक यामाहाको पाँच सय एम्टी बीएस ०६ मोटरसाइकल डेलिभर गरेको छ । भृकुटीमण्डपस्थित कम्पनीको बिहीबारबाट सुरु भएको 'महा एक्सचेञ्ज मेला' को अवसर पारी मोटसाइकल वितरण गरिएको कम्पनीले जनाएको छ।
गत वर्ष सोही मेलामा एम्टी बिएस ०६ मोटरसाइकल सार्वजनिक गरी पहिलो दिनमा नै दुई सयभन्दा बढी मोटरसाइकल डेलिभर गरेको कम्पनीले जनाएको छ । यस मोटरसाइकलको पूर्व सफलता र नेपाली बजारमा बाइकप्रेमीहरूको मागलाई मध्यनजर गर्दै यामाहा नेपालले उक्त बाइकका लागि फेरी पनि अग्रिम बुकिङ्गको व्यवस्था गरेको थियो ।
प्रि - रिजर्भेसनमा मोटरसाइकलको माग अझै बढेपछि विश्वव्यापी बजारको समस्याले गर्दा यसको उत्पादनमा गम्भीर समस्याको सामना गर्नुपरेको कम्पनीले बताएको छ । निर्माणमा लाग्ने आवश्यक प्रमुख इलेक्ट्रोनिक चिप्सको विश्वव्यापी रूपमै अभाव भएको हुँदा प्रि-रिजर्भेसन ग्राहकहरुका लागि यमाहा ले यसको उत्पादनमा अझै पूर्णता का साथ यो बाइकलाई फेरी नेपाली बजारमा उपलब्ध गरएको छ ।
कम्पनीका अनुसार एम्टी बीएस ०६ मास्टर अफ टोक़र्को परिणाम हो । १५५ सिसि लिक्विड कूल्ड इन्जिनको यस प्योर९ब्रेड हाइपर नेकेड, एम्टी स्टेबलबाट परिस्कृत सामग्रीहरूको प्रयोगपछि तयार गरिएको बाइक रहेको कम्पनीले जनाएको छ । विश्व मर्केटमा एमटी बाइकका शृङ्खलाहरु बहु प्रचलित र यस्को प्रचलित विशेषताहरु जस्तै छरितोपन, परिष्कृत कन्ट्रोल पोस्चर्स र सिंगल च्यानल एबीएसजस्ता विशेषताले गर्दा एम्टीको यस मिनि भर्जन युवा बाइकप्रेमीहरूमाझ लोकप्रिय रहेको कम्पनीको ठहर छ ।
मोटरसाइकल वितरण कार्यक्रममा बोल्दै यामाहा नेपालका सीईओ राजु क्षेत्रीले एम्टी बिएस ०६ का लागि यामाहा प्रेमीहरूले देखाएको धैर्यता, समर्थन र एमएडब्लूप्रतिको विश्वासका लागि आभार व्यक्त गरेका छन् ।

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने, ९८ भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

प्रतिक्रिया