बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

बुवाको हत्या आरोपमा एक पक्राउ

प्युठान– आफ्नै बुवाको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । प्युठानको नौबहिनी गाउँपालिका–४ खबाङका ३० वर्षीय तले सुनारलाई प्रहरीले पक्राउ गरेको हो । 
उनीमाथि ८३ वर्षीय बुबा जंग बहादुर सुनारको हत्या गरेको अभियोग छ । 

मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा ढुङ्गा प्रहार गर्दा जंगबहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय लुङबहानेबाट  खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।