ओलीको पत्रको जवाफ लेख्दै नेपाल समूहका नेताहरू
भ्याए आजै बुझाउने : भुसाल

काठमाडौँ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरू भिम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले आज स्पष्टीकरणको जवाफ दिने तयारी गरेका छन् ।
स्पष्टीकरण सोधिएका नेता भुसालले अहिले पत्रको जवाफ लेख्दै गरेको र आजै बुझाउने सम्भावना रहेको बताए । ‘हामी लेखिरहेका छौं, भ्याइयो भने आजै बुझाइन्छ,’ भुसालले इकागजसँग भने ।
बुधबार साँझ बसेको स्थायी समितिको अनौपचारिक बैठकले राजनीतिक रूपमा व्यक्तिगत नभई सामुहिक स्पष्टीकरणको जवाफ बुझाउने निष्कर्ष निकालेको हो ।
झण्डै ७ घण्टा बसेको स्थायी समिति बैठकमा नेताहरूबीच स्पष्टीकरणका रूपमा नभई प्रतिप्रश्नका रूपमा जवाफ दिने निष्कर्ष निस्किएको हो ।
नेता युवराज ज्ञवालीले सामुहिक रूपमा ‘प्रतिप्रश्न’ गर्दै पत्र बुझाउन नेताहरूलाई सुझाव दिइएको बताए । ‘हामीले प्रतिप्रश्न गर्दै जवाफ पठाउन भनेका छौ,’ ज्ञवालीले इकागजसँग भने, ‘उहाँहरूले समय मिलाएर बुझाउनु होला ।’
राजनीतिक मुद्दामा केन्द्रित गरेर बुझाइने स्पष्टीकरण सार्वजनिक गर्ने तयारी छ । समूहले आफ्नो पक्षको रणनीति बनाउन (शुक्रबार) बस्ने केन्द्रीय समिति बैठक बोलाएको छ ।
९ गते केन्द्रीय कार्यसमितिको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले ४ नेतालाई स्पष्टीकरण सोधेका थिए । प्रतिप्रश्न १० बुँदामा हुने पनि नेताहरूले बताएका छन् ।

भ्रष्टाचार अन्त्यका लागि सुशासन अपरिहार्य : शेखर कोइराला

भूमि विधेयक कार्यकर्ता पाल्नेगरी आयोः राप्रपा सांसद कार्की

भूमि विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँड…

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : वर्षमान पुन

प्रतिक्रिया