ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं - रियल मड्रिडले ३५औं पटक स्पेनिस ला लिगा फुटबलको उपाधि उचालेको छ । शनिबार राति लिग जित्न एक अंक आवश्यकता रहेको अवस्थामा रियलले स्पानियोललाई ४-० अन्तरले हरायो । रियलले ४ खेल बाँकी रहँदै १७ अंकको अग्रता बनाएर उपाधि जितेको हो ।
घरेलु मैदानमा रियललाई जित दिलाउन रोड्रिगोले दुई गोल गरे । यस्तै करिम बेन्जेमा र मार्कुस एसेन्सियोले एक- एक गोल गरे ।
जितसँगै रियल ३४ खेलबाट ८१ अंक सहित शीर्ष स्थानमा छ । पराजित स्पानियोल ३९ अंक जोडेर १४औं स्थानमा छ । रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटी युरोपको शीर्ष पाँच लिग उपाधि जित्ने पहिलो प्रशिक्षक बने ।
एन्सेलोटीले यस अघि प्रिमियर लिग, इटालियन सिरी ए, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानको उपाधी जितेका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया