छोरीलाई बलात्कार गरेकाे अभियोगमा बाबु पक्राउ

खोटाङ – खोटाङमा आफ्नै नाबालिका छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । १२ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५१ वर्षीय बाबु पक्राउ परेका हुन् ।
आफ्नै छोरीलाई घाँटी समाएर डर त्रास देखाएर जबरजस्ती करणी गरेको सूचना आए लगत्तै इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएका प्रहरीको टोलीले अभियुक्तलाई खोजतलास गर्नेक्रममा शुक्रबार महेश्वरीबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी हाडनाता जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया