शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

चीनमा भवन भत्किँदा दर्जनौँ च्यापिए

बेइजिङ – चीनमा ठूलो व्यवसायीक भवन भत्किँदा दर्जनौँ मानिस भवन भित्रै च्यापिएका छन् ।  

देशको हुनान प्रान्तमा पर्ने चाङशा सहरमा रहेको भवन भत्किएको र कम्तीमा २३ जना च्यापिएको अधिकारीहरूले जनाएका छन् । 

भत्किएको आठ तले भवनमा होटल, अर्पाटमेन्ट, सिनेमा हललगायत रहेका थिए । च्यापिएको ठाउँबाट मानिसहरूलाई निकाल्ने प्रयास भइरहेको चाङशा नगरका मेयर झेङ जियाङछीनले जानकारी दिए। 

“भत्किएको भवन भित्र च्यापिएका व्यक्तिहरूलाई निकाल्नका लागि उद्धारकर्मीहरूले अथक मेहनेत गर्नु भएको छ,” मेयर जियाङ्छीले भने । 

च्यापिएको ठाउँबाट पाँच जनालाई उद्धार गरिसकिएको र अहिलेसम्म मृत अवस्थाको कोही नभेटिएको पनि उनले जानकारी दिए । 

“अहिलेसम्म मृत्यु भएको कोही भेटिएको छैन, पाँच जनालाई जीवितै उद्धार गरिएको छ, आशा गरौँ अरु च्यापिएकोलाई पनि जीवितै उद्धार गर्न सकिने छ,” उनले भने।