बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

माओवादीले खाेस्याे प्रदेश इञ्चार्ज भट्टको अधिकार

कैलाली - नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्दा एकलौटी रुपमा हस्तक्षेप गरेको भन्दै पार्टीका प्रदेश इञ्चार्ज खगराज भट्टको अधिकार खोसेको छ। भट्टको हस्ताक्षर निर्वाचन प्रयोजनमा नचल्ने गरी माओवादीले उनको अधिकार प्रदेश समिति अध्यक्ष हरिराम चौधरीलाई दिएको हाे ।

अबदेखि चौधरीको हस्ताक्षर चल्नेबारे निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएको समेत बताइएको छ। माओवादीका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले अबदेखि निर्वाचन प्रयोजनका लागि चौधरीको हस्ताक्षर चल्ने निर्णय भएको जानकारी दिए ।