शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

७० यात्रु सवार वुद्ध एयरको जहाजको टायर पड्कियाे

फाइल तस्वीर/इकागज

काठमाडौं – रुपन्देहीको भैरहवास्थित अन्तराष्ट्रिय गौतमवुद्ध विमानस्थलमा वुद्ध एयरको जहाजको टायर पड्किएकाे छ ।

उक्त एयरकाे जहाजकाे टायर पड्किदा विमानस्थलमा उडान र अवतरण अवरुद्ध भएको छ । उक्त जहाजमा दुई बालबालिकासहित ७० जना यात्रु थिए ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको वुद्ध एयरको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको हाे ।