सांसदलाई विकासमा केन्द्रित गराउन ओलीले बोलाए संसदीय दलको बैठक

काठमाडौँ : नेकपा एमालेको संसदीय दलको बैठक शुक्रबार बोलाइएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दिउँसो तीन बजे एमाले संसदीय दलको बैठक बालुवाटारमा बोलाएका हुन् ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार सांसदलाई विकास निर्माणका काममा केन्द्रित हुन निर्देशन दिन बैठक बोलाइएको हो । पछिल्लो राजनीतिक घटनाक्रम र आगामी चुनावका लागि विकास निर्माणका काममा केन्द्रित हुन प्रधानमन्त्री ओलीले सांसदलाई निर्देशन दिने तयारी बैठकको छ ।
शुक्रबार नै एमाले माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । यसअघि एमाले संसदीय दलको बैठक नेपाल समूहले बहिष्कार गरेको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया