संगम र अस्मिताको लोकपप ‘हावासँगै’ सार्वजनिक

काठमाडौँ -संगम थपलिया र अस्मिता अधिकारीको युगल गायन रहेको गीत ‘हावासँगै’ सार्वजनिक भएको छ । लोकपप शैलीको गीतमा तारा अधिकारीको शब्द रचना र किशोर विश्वकर्माको संगीत रहेको छ ।
सानैदेखि गायनमा रुचि राख्ने संगमले गाएको यो दोस्रो गीत हो । यसअघि उनले किशोर विश्वकर्माकै संगीतमा ‘तिमी मुस्कुराउँदा’ बोलको गीत सार्वजनिक गरेका थिए । दर्शकले सो गीत रुचाएपछि यही उत्साहले उनले दोस्रो गीत सार्वजनिक गरेको संगमको भनाइ छ ।
आस्था कला केन्द्रमा उमेशराज खड्कासँग स्वरको कक्षा लिएका संगम भविष्यमा सबैखाले गीत गाउन इच्छुक छन् । तर अहिले नृत्य शैलीका गीत श्रोता दर्शकको रुचिमा रहेकाले यस्तै गीतबाट आफूलाई निखार्न लागिपरेको संगम बताउँछन् ।
‘भोलिका दिनमा त मलाई सबै खाले गीत गाउन मन छ । तर अनुभवका लागि लोकपप शैलीका गीत गरिरहेको हुँ । यो विधा मलाई मन पर्छ र दर्शकले पनि यस्तै गीत रुचाउने गर्नुभएको छ,’ संगम भन्छन् ।
संगमलाई यस्तै शैलीको गीत गाउने नेपथ्य ब्यान्ड त्यही भएर सबैभन्दा बढी मन पर्छ । सार्वजनिक गीतमा करिष्मा ढकाल र सुरज थपलियाको अभिनय रहेको छ । गीतको निर्देशन कमल राईले गरेका हुन् । शिवराम थपलियाको प्रस्तुति रहेको गीतको छायांकन शिव ढकालले गरेका हुन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया