आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

दिक्‍क लाग्‍यो ? काठमाडौँका यी पार्कमा घुम्‍ने कि ! (फोटो फिचर)

बालाजु पार्क

काठमाडौँ- धुलो, धुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौँमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? हामीलाई काठमाडौँ सहर घुम्दा यस्तै लाग्छ । तर होइन, राजधानीमा सुन्दर र शान्त अनि खुला ठाउँ पनि छन् । २०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्व बढेको छ ।

सरकारी र नीजि क्षेत्र सहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् । पार्कमा घुम्ने संस्कृति पछिल्लो समय दिनदिनै बढ्दै गइरहेको छ । भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन् ।

लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन् ।

भृकुटीमण्डप बगौँचा ।

ड्रिम गार्डेन ।

फनपार्क भृकुटीमण्डप ।

गगनवाटीका ।

गोदावरी गार्डेन ।

मञ्जुश्री गार्डेन, चोभार ।

नक्साल पार्क ।

पुल्चोकको मेट्रो भवन ।

रत्‍नपार्क ।

शंखमुल पार्क ।