बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक भोलि

काठमाडौँ : नेकपा एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री  केपी शर्मा ओली समूहले सोधेको स्पष्टीकरण लगायतका विषयमा छलफल गर्न नेपाल समूहको केन्द्रीय कमिटी बैठक भोलि बस्न लागेको हो ।

कलंकीको एक पार्टी प्यालेसमा बस्न लागेको बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ । सर्वोच्चको फैसलाका कारण एमाले र माओवादी ब्युतिएपछि माधव नेपाल गुट संकटमा छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित चार जना मुख्य नेतालाई स्पष्टीकरण सोधेपछि एमालेमा माधव नेपाल गुट संकटमा परेको हो ।

जसबारेमा शुक्रबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा गम्भीर छलफल हुनेछ ।