गभर्नरमाथि जाँचबुझ समिति गठनकाे निर्णय कार्यान्वयन नगर्न सर्वोच्चकाे आदेश
अघिल्लाे अन्तरिम आदेशलाई निरन्तरता

काठमाडौं – सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले जाँचबुझ गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारेको छ । सरकारले प्रष्ट आधारबिना गभर्नर माथि छानबिन गर्न नपाउने भन्दै सर्वोच्चले आदेश दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले आदेश दिएको हो । सर्वोच्चबाट जारी भएको आदेशसँगै गभर्नर अधिकारीले दायर गरेको रिट निवेदनको अन्तिम किनारा नलाग्दासम्म सरकारले अधिकारीमाथि कुनै कारबाही पाउन छैन ।
सर्वोच्च अदालतको एकल इजलासले जारी गरेको अन्तरिम आदेश निरन्तर हुने वा नहुने विषयमा गत मंगलबार देखि सर्वोच्च अदालतमा सुनुवाई भइरहेको थियो । मंगलबार रिट निवेदकका तर्फबाट १२ जना अधिवक्ताले बहस गरेपनि मुद्दाको सुनुवाई हेर्दा हेर्दैमा राखिएको थियो ।
बिहिबार सरकारका तर्फबाट महान्यायाधीवक्ता सहित ५ जना सरकारी वकिल र ७ जना बरिष्ठ अधिवक्ताले बहश गरेका थिए । शुक्रबार सरकारका तर्फबाट ४ जना बरिष्ठ अधिवक्ताको बहसपछि रिट निवेदकका तर्फबाट प्रतिउत्तर बहस गरिएको थियो ।
रिट निवेदक गभर्नर अधिकारीले प्रष्ट आधार र कारण नदेखाइ सरकारले आफुलाई कार्यक्षमता अभाव भएको आरोप लगाएकाले जाँचबुझ समिति गठन गर्ने निर्णय रोक्न अन्तरिम आदेश जारी हुनु पर्ने माग गरेका थिए ।

सरकारले व्यापार होइन, नियमन गर्ने हो : सभापति देउवा

वाइसीएलका पदाधिकारीद्वारा पदभार ग्रहण

नेपाली बिधार्थीको `जेनेटिक पावर´ सशक्त छ: प्रधानमन्त्री ओली
जनताको राष्ट्रिय भावना बुझ्न एमालेका नेताहरूसँग अनुमति लिन आवश्यक छैनः पूर्वर…

जसपा कर्णाली अध्यक्ष न्यौपानेसहित दर्जनौं नेता माओवादीमा प्रवेश

नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि छलफल हुँदै

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

प्रतिक्रिया