बागमती प्रदेश सभा चैत्र अन्तिममा बस्ने

हेटौंडाः बागमती प्रदेश सभाको बैठक यही चैत्र अन्तिम साता बोलाइने तयारी भएको छ । प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले दलहरुसँग छलफल गरेर बैठक बोलाउने जानकारी दिए ।
संसदमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव यसअघि टेबल भइसकेको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४५ सांसदहरूले हस्ताक्षर गरेर मुख्यमन्त्री पौडेलमाथि अविश्वासको प्रस्ताव संसदमा टेबल गरेका थिए ।
नेकपा खारेज भएपछि नेकपा एमाले एक भएर अघि बढ्नुपर्ने प्रदेशका पूर्वमन्त्री तथा सांसद अरुण नेपालले बताए । नेकपा रहँदा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा उनले आफ्नो समर्थन जनाएका थिए ।
मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध अविश्वासको प्रस्ताव संसदमा टेबल गर्नु एक परिस्थिति भए पनि अहिलेको राजनीतिक अवस्था फरक भएको उनले बताए ।
एमाले ब्यूतिएपछि सबै मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिनेबारे भने छलफल भइरहेको उनले बताए ।

सुशासन र पारदर्शिता कार्यान्वयनमा प्रविधिको भूमिका महत्वपूर्ण : मन्त्री लामिछाने
तीन दिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

प्रतिक्रिया