५० ओभरको सिरिजका लागि नेपाली टिमको घोषणा

काठमाडौँ – जिम्बावे ए टिमविरुद्ध हुने ५० ओभरको क्रिकेट सिरिजका लागि नेपालले १६ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघले सन्दीप लामिछानेको कप्तानीमा टिमको घोषणा गरेको हो ।
टिममा सन्दीप बाहेक आशिफ शेख, देव खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डरी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशन भारी र आदिल अन्सारी रहेका छन् ।
नेपालले जिम्बावेविरुद्ध तीन खेलको ५० ओभरको सिरिज त्रिवि मैदानमा खेल्दै छ । पहिलो खेल अप्रिल ३०, दोस्रो मे २ र तेस्रो खेल मे ३ मा हुनेछ ।
नेपालले जिम्बावेविरुद्ध ३ खेलको टी-ट्वान्टी सिरिज पनि खेल्नेछ ।

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

टि ट्वान्टी ग्लोबल छनोट पार गर्ने हामीसँग क्षमता छ : प्रशिक्षक कटुवाल

आईपीएल २०२५ : पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने यी हुन पाँच क्रिकेटर

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

प्रतिक्रिया